बजार परिसूचक नेप्से ०.८७ अंकले घटेको छ। बुधबार नेप्से घटेर २०००.७७ विन्दुमा अडिएको छ।
बुधबार कारोबार रकम २ अर्बमा खुम्चिँदा ५१ लाख कित्ता मात्र सेयर बिक्री भएका छन्।
नेपाल स्टक एक्सचेन्जका अनुसार ७१ कम्पनीको सेयर बढेको छ भने १७० वटाको घटेको र ७ वटाको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।
आज तीन कम्पनीहरु विशालबजार कम्पनी, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई), बीपीडब्लु लघुवित्त र चिर्ख्वा हाइड्रोका लगानीकर्ताले कमाएका छन्। यी कम्पनीहरुमध्ये पहिलो तीनवटाको सेयर १० प्रतिशतले र बाँकी २ वटाको क्रमशः ९.९९ र ९.६४ प्रतिशतले सेयर मूल्य बढेको छ।
धेरै कम्पनीहरुको सेयर मूल्य घटेको दिन लगानीकर्ताले ६.६६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। सर्वाधिक कारोबारमा भने सोनापुर मिनरल्स पहिलो र हिमालयन रि इन्स्योरेन्स दोस्रो स्थानमा छन्। यी कम्पनीहरुको क्रमशः १२ करोड र ८ करोडको सेयर कारोबार भएको छ।
बुधबार ४१ हजार ६ सय ७९ पटक सेयर कारोबार भएको थियो।
Shares
प्रतिक्रिया