ad ad

कारोबार


सरकारले पुरानो फाइल झिकेर निजी क्षेत्रलाई तर्साउने काम गर्‍यो : सांसद गिरी

सरकारले पुरानो फाइल झिकेर निजी क्षेत्रलाई तर्साउने काम गर्‍यो : सांसद गिरी

नेपालखबर
फागुन १८, २०८० शुक्रबार १३:६, काठमाडौँ

नेपाली कांग्रेसका सांसद दीपक गिरीले सरकारले वर्षौं पुरानो फाइल झिकेर निजी क्षेत्रलाई तर्साउने काम गरेको बताएका छन्। 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद गिरीले देशमा सरकारको मात्रै अस्थिरता नभएर नीतिगत अस्थिरता पनि भएको बताए। 

देशमा भ्रष्टाचार बढिरहेको बताउँदै उनले मुलुकको समृद्धिमा निजी क्षेत्रको प्रमुख भुमिका हुने भए पनि वर्षांै पुरानो फाइल झिकेर निजी क्षेत्रलाई तर्साउने काम भएको बताए। उनले सरकारले सहकारी पीडितहरुलाई न्याय दिनुपर्नेमा जोड दिए।

‘सहकारी पीडितलाई न्याय दिने काम यही सरकारको होइन र? कृषि औजार कारखानालाई पुनः सञ्चालन गर्न नेपाल सरकारले उपलब्ध गराउने वाचा गरेको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई उपलब्ध गराउन माग गर्न चाहन्छु’, उनले भने,  ‘नीतिगत अस्थिरता छ । भ्रष्टाचार बढिरहेकोमा कुनै शंका छैन । मुलुकको समृद्धिमा निजी क्षेत्रको प्रमुख भुमिका हुन्छ । तर वर्षौं पुरानो फाइल झिकेर निजी क्षेत्रलाई तर्साउने काम भएको छ।’ 

उनले कृषि औजार कारखाना सञ्चालनका लागि नेपाल सरकारले उपलब्ध गराउने वाचा गरेअनुरुपको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई उपलब्ध गराउन माग समेत गरे। 

उनले संसदलाई सशक्त, सरकारलाई संसदप्रति उत्तरदायी र संसदीय समितिलाई प्रभावकारी बनाउन नसकेको भन्दै यसप्रति समीक्षा गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .