अब नायब सुब्बा अर्थात् राजपत्र अनंकित पाँचौँ तहमा नयाँ भर्ना नहुने भएको छ।
कर्मचारीसम्बन्धी नयाँ विधेयकले उक्त तहमा शतप्रतिशत बढुवा हुने व्यवस्था प्रस्ताव गरेको हो।
योसँगै श्रेणीविहीन कर्मचारी, खरिदार त्यसपछि सिधै शाखा अधिकृतमा मात्रै भर्ना हुने भएको छ।
उपसचिवको लागि खुला प्रतियोगितामा भाग लिन अधिकृतस्तरको पदमा कम्तीमा ७ वर्ष र सहसचिवको हकमा कम्तीमा १० वर्ष कार्य अनुभव भएको हुनुपर्ने उल्लेख गरिएको छ।
2.3k
Shares
प्रतिक्रिया