नवनियुक्त अर्थमन्त्री वर्षमान पुन 'अनन्त'ले अर्थतन्त्रमा आशा जगाउने गरी काममा लाग्ने बताएका छन्।
बुधबार राति सिंहदरबारमा अर्थमन्त्रीको कार्यभार ग्रहण गर्दै माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका पुनले जनतालाई निराश हुन नदिने बताएका छन्।
‘प्रधानमन्त्रीले मलाई विश्वास गरेर यो जिम्मेवारी दिनु भएको छ। जनतालाई निराश हुन नदिने गरी अर्थ मन्त्रालयको टिमलाई विश्वासमा लिएर काममा लाग्नेछु।’
पुनले आफू जनमुखी काममा होमिने पनि बताएका छन्। उनले पहिले पनि यही मन्त्रालयमा काम गरेकाले त्यो अनुभव आफ्ना लागि फाइदाजनक हुने बताए।
'मेरा अनुभव र ज्ञान प्रयोग गर्दै जनमुखी काम गर्छु', उनले भने, 'पहिले पनि यो मन्त्रालय सम्हालिसकेकाले मसँग केही अनुभव छ। उक्त अनुभवलाई समेटेर अर्थतन्त्रलाई उकास्ने काममा लाग्ने छु।’
93
Shares
प्रतिक्रिया