ad ad

कारोबार


नेपाल सरकारको प्रवक्ताको जिम्मा मन्त्री शर्मालाई

नेपाल सरकारको प्रवक्ताको जिम्मा मन्त्री शर्मालाई

नेपालखबर
फागुन २४, २०८० बिहिबार ११:४१, काठमाडौँ

सरकारले प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिएको छ ।

पुनर्गठित मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले नेपाल सरकारको प्रवक्ता मन्त्री शर्मालाई तोक्ने निर्णय गरेको हो। यसअघि पनि सरकारको प्रवक्ता शर्मा नै थिइन्।

बैठकले संयुक्त राष्ट्रसंघको ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन्।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले आजभोलि नै सरकारले पूर्णता पाउने बताइन्। ‘सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिनुहुनेछ,’ उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .