ad ad

कारोबार


सिंगापुरको वार्ताले टुंग्यायो बंगलादेशलाई बेच्ने बिजुलीको महशुल शुल्क

सिंगापुरको वार्ताले टुंग्यायो बंगलादेशलाई बेच्ने बिजुलीको महशुल शुल्क

नेपालखबर
फागुन २८, २०८० सोमबार १८:२३, काठमाडौँ

नेपालको बिजुली बंगलादेशले खरिद गर्ने महशुल दर टुंगो लागेको छ। 

सिंगापुरमा ऊर्जा सचिवसँगको छलफलमा महशुलमा सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको हो। 

बंगलादेशले नेपालको ४० मेगावाट विद्युत खरिद गर्ने सहमति भए पनि कति रुपैयाँमा बिक्री हुने स्पष्ट भएको थिएन। आगामी जुनबाट नेपालको बिजुली बंगलादेश लैजाने सहमति भएको छ। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको टोलीले फागुन ९ मा वार्ता गरी फर्किएको थियो। प्राधिकरणले बीपीडीबीअन्तर्गतको बोलपत्र मूल्याङ्कन समितिसँग ढाकामा वार्ता गरेको थियो। उक्त समितिले माथिल्लो निकायबाट अनुमति लिने प्राधिकरणलाई जानकारी गराएको थियो। 

‘सचिवज्यू सिंगापूर भ्रमणमा भएको समय बंगलादेशका प्रतिनिधिसँग छलफल गरी अनौपचारिक रुपमा टुंग्याएको भन्ने छ’, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको ऊर्जा महाशाखा प्रमुख नविनराज सिंहले भने, ‘८ देखि ९ रुपैयाँमा बिजुली किन्ने भन्ने छ। औपचारिक पत्र आइसकेको जानकारी छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .