ad ad

कारोबार


सीजी ब्रान्डका स्मार्ट प्रविधियुक्त फ्यान र कुलर बजारमा

सीजी ब्रान्डका स्मार्ट प्रविधियुक्त फ्यान र कुलर बजारमा

नेपालखबर
फागुन ३०, २०८० बुधबार १७:५२, काठमाडौँ

जाडो सकिएर गर्मी सुरु भएको छ। यसलाई मध्यनजर गरी सीजी ब्रान्डले स्मार्ट प्रविधियुक्त फ्यान र कुलर ल्याएको छ। 

सीजी ब्रान्डका कुलरहरूलाई कार्यक्षमता र उद्देश्यका आधारमा ५ विधिन्न वर्गमा विभाजन गरिएको कम्पनीले जनाएको छ। यसअनुसार डेजर्ट कुलर, कमर्सियल कुलर, पर्सनल कुलर, टावर कुलर र उइन्डो कुलर रहेका छन्। 

राम्रो डिजाइन र उच्च कोटीको ऊर्जाका साथै सबै मौसम प्रतिरोधी बडीमा समेटिएको र टच प्यानल, रिमोट कन्ट्रोल, आईओटी कम्प्याटिबिलिटी, स्मार्ट किसिमले नियन्त्रण, थर्मल ओभरलोड प्रोटेक्सन, क्वाड्रा फ्लो टेक्नोलोजी जस्ता नवीन र परिष्कृत सुविधाहरूले भरिएको कम्पनीको भनाइ छ। 

हनीकोम्ब प्याड, ३६० डिग्री टर्बो कुलिङ, एरोडायनामिक फ्यान ब्लेड, डस्ट फिल्टर र आइस चेम्बरलगायतका सबै कुलरहरू पनि ब्याज फाइनान्स योजना र १२ महिनाको वारेन्टीको साथ उपलब्ध छन्। कुलिङको लागि एकदमै क्लासिक र उच्चस्तरीय मोड खोज्ने ग्राहकलाई सीजीले स्टाइलिस र उच्च स्तरीय सिलिङ, स्ट्यान्ड, वाल, टेबल फ्यानहरू ल्याएो छ।

यी सबै फ्यानहरू अति उच्च प्रविधिका साथ ३ र ५ स्पिड कन्ट्रोल भएको, हेभी मेटल बडी, एरोडायनामिकली डिजाइन गरिएको एल्युमिनियम ब्लेडहरू, वाइड एंगल ओसिलेसन, बिल्ट–इन टाइमर, बलियो र भरपर्दो मोटर जस्ता उच्च प्रविधियुक्त विशेषताहरूले भरिएका कम्पनीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .