ad ad

कारोबार


धितोपत्र बोर्ड अध्यक्षमा १९ जनाको आवेदन, पूर्वडेपुटी गभर्नरदेखि नेप्सेका पूर्वसीईओसम्म

धितोपत्र बोर्ड अध्यक्षमा १९ जनाको आवेदन, पूर्वडेपुटी गभर्नरदेखि नेप्सेका पूर्वसीईओसम्म

नेपालखबर
फागुन ३०, २०८० बुधबार १८:२८, काठमाडौँ

धितोपत्र बोर्डमा १९ जनाले उम्मेदवारी दिएका छन्। 

अर्थ मन्त्रालयले फागुन १६ गते अध्यक्ष पदमा नियुक्तिको लागि आवेदन माग गरेकोमा अन्तिम दिन बुधबारसम्म १९ जनाले आवेदन दिएका हुन्। 

अर्थ मन्त्रालयका एक अधिकारीले बोर्ड अध्यक्षका लागि १९ जनाको आवेदन परेको नेपालखबरलाई जानकारी दिए। 

आवेदन दिनेमा राष्ट्रबैंकका पूर्वडेपुटी गभर्नरदेखि धितोपत्र बोर्डका कार्यकारी निर्देशक, नेप्सेका पूर्व सिइओसम्म रहेका छन्। 

निवेदन दिनेमा डेपुटी गभर्नर शिवराज श्रेष्ठ, एनआरबीकै पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट, बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरी, डा. केशव प्रसाद श्रेष्ठ, बोर्डमा निमित्त प्रमुख डा।नवराज अधिकारी, कार्यकारी निर्देशक कृष्णराज पोख्रेल, कार्यकारी निर्देशन मुक्तिनाथ श्रेष्ठ रहेका छन्।

त्यस्तै तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल बैंकका पूर्वसीईओ कृष्ण बहादुर अधिकारी, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्की र सीताराम थपलियालगायत छन्।

आवेदकहरूमध्ये ३ जनाको शर्टलिस्ट गरी मन्त्रिपरिषदमा लगिनेछ। मन्त्रिपरिषद बैठकले उनीहरुमध्ये एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .