ad ad

कारोबार


किसानहरू रुँदै बस्नुपरेको छ : सांसद गौतम

किसानहरू रुँदै बस्नुपरेको छ : सांसद गौतम

फाइल तस्बिर


नेपालखबर
चैत १, २०८० बिहिबार १२:१८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले किसानको समस्या समाधानका लागि सरकार संवेदनशील नभएको गुनासो गरेकी छिन्। 

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले अहिले किसानहरू भुक्तानी नपाएर रुँदै बस्नुपरेको सुनाइन्। 

‘कृषिप्रदान भनेर परिचित देशमा किसानको समस्या सरकारले सुन्नै सकेको छैन। बिउबिजनमा त्यतिकै समस्या छ, बल्लबल्ल बिउबिजन पाए मलको समस्या छ,’ उनले भनिन्, ‘मल बल्ल बल्ल पाए सिचाईंको समस्या छ। बल्लबल्ल बाली उम्रिए रोग आउँछन्। रोग निदानको समस्या छ। यसबाट पनि पार लागे बजारको समस्या छ। किसान जसरी पनि पीडामा छन्।’

दुध, मह, मासुजन्य पदार्थ लगायत क्षेत्रका किसानहरूको पनि समस्या उस्तै रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन्। 

‘सरकारले कृषि क्षेत्रमा काम गर्न प्रेरणा कति पनि दिन सकेको छैन। दुध किसान, मह किसान, मासुजन्य उत्पादन गर्ने किसानको पनि समस्या छ। लामो समयदेखि भुक्तानी नपाएकाले किसानहरू रुँदै बस्नुपरेको छ। समग्र कृषि प्रणाली नै संक्रमित र प्रदुषित भएको छ,’ सांसद गौतमले भनिन्। 

५० वर्षअघि ३० सालको दशकमा धान बेचेर प्रमुख आम्दानी गर्ने मुलुक अहिले ४५ अर्ब हाराहारीमा धान चामल किन्ने गरेकोमा भन्दै चिन्ता व्यक्त गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .