साताको अन्तिम कारोबार दिन सेयरबजार ओरालो लागेको छ।
२१ सय विन्दुमा पुगेको सेयरबजार बिहीबार २७.८४ अंकले घटेपछि फेरि २ हजार विन्दुमा झरेको हो।
नेप्से १.३२ प्रतिशतले घटेको दिन ३ अर्ब ९४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ। आज १ करोड १४ लाख कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो।
योसँगै ४४ वटा कम्पनीको मूल्य बढे पनि १९६ वटाको घटेको र ४ वटाको उही मूल्यमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
टेबलमा हेर्नुहोस् घटेका र बढेका सेयर :
धेरै सेयर मूल्य बढेका ५ कम्पनी
कम्पनी | अन्तिम मूल्य | बढेको दर |
विन नेपाल लघुवित्त | ११५६.५० | १० |
मानुषी लघुवित्त | ८७४.५० | १० |
गुराँस लघुवित्त | १२२४ | ९.९२ |
गुर्खाज फाइनान्स | ८१६ | ८.०८ |
कर्णाली विकास बैंक | ४०३.९० | ७.७१ |
धेरै सेयरमूल्य घटेका ५ कम्पनी
कम्पनी | अन्तिम मूल्य | घटेको दर |
स्वाभिमान लघुवित्त | ९६६.२० | -६.०२ |
जाल्पा सामुदायिक लघुवित्त | १२५० | -५.६६ |
धौलागिरि लघुवित्त | ९९० | -५.३१ |
लाइफ इन्स्योरेन्स कर्पोरेसन | १३६२.३० | -५.२० |
एनआईसी एसिया लघुवित्त | ५७३ | -५.१३ |
धेरै कारोबार गरेका ५ कम्पनी
कम्पनी | कारोबार रकम |
अप्पर तामाकोशी | ५०८९०८०९९ |
शिवम् सिमेन्ट | २४०४५०५२९ |
सोनापुर मिनरल्स | १६२४३४८५० |
गुर्खाज फाइनान्स | १२७६६५६८९ |
हिमालयन रि इन्स्योरेन्स | ९८४१२७१८ |
534
Shares
प्रतिक्रिया