नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
आज अस्ट्रेलियन डलर, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। अमेरिकी डलरको मूल्य हिजो अस्तीकै कायम छ भने युरो र बहराइन दिनारको मूल्य भने थोरै बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। शनिबार र आइतबार पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७१ पैसा थियो।
त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४७ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ४४ पैसा थियो।
आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६१ पैसा थियो।
हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची
Shares
प्रतिक्रिया