देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघको साधारणसभाले माधवप्रसाद नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
आइतबार काठमाडौँमा सम्पन्न महासंघको छैटौँ महाधिवेशन तथा १५ औं वार्षिक साधारण सभाले नेपालको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो।
महासंघको उपाध्यक्ष, कोषाध्यक्ष र सचिवको चयन भने निर्वाचन प्रक्रियाबाट भएको थियो। दुई उपाध्यक्ष पदका लागि अरुणकुमार श्रेष्ठ, ध्रुब दाहाल खत्री, प्रदीप अर्याल, बालकृष्ण पोखरेल गरी ४ जनाको उम्मेद्वारी परेको थियो।
निर्वाचनबाट अरुणकुमार श्रेष्ठ र प्रदीप अर्याल निर्वाचित भए। श्रेष्ठले ५१ मत र अर्यालले २९ मत ल्याएर उपाध्यक्षमा चुनिए। महासंघ
यस्तै सचिवमा केदार बानियाँ र धर्मराज पोखरेलले उम्मेद्वारी परेको थियो। जस्मा ३० मत प्राप्त गर्दै धर्मराज पोखरेल निर्वाचित हुँदा बानियाँको पक्षमा २४ मत परेको थियो।
कोषाध्यक्षमा पनि दुईजनाको उम्मेदवारी परेकोमा पूर्णप्रसाद रेग्मीले ४३ पाएर विजयी हुँदा राजकुमार न्यौपानेको पक्षमा ११ मत मात्र परेको थियो।
महासंघको महासचिवमा पुष्पराज श्रेष्ठ सर्वसम्मत चयन भए । श्रेष्ठ यस अघि महासंघको सचिव थिए । उनी सामान ढुवानी व्यवसायी संघ काठमाडौँको अध्यक्ष समेत हुन्।
सह कोषाध्यक्ष पदमा टेकराज पोखरेल सन्तोष पनि सर्वसम्मत भए। पोख्रेल यस अघि कार्यसमिति सदस्य थिए ।
छैटौं महाधिवेशनले सात प्रदेशमा प्रदेश संयोजकहरु समेत सर्वसम्मत रुपमा चयन गरेको छ। निर्वाचित प्रदेश संयोजकहरुमा भोला पौडेल, कृष्णप्रसाद ढुंगेल ,सृजना तिमिल्सिना, सोमप्रसाद भट्टराई , दधिराम कोइराला, चेतराज जोशी र श्यामराज हमाल रहेका छन्।
महाधिवेशनबाट ९ जना कार्यसमिति सदस्यहरु पनि सर्वसम्मत चयन भएका छन्। जसमा दिलिप अर्याल ,सन्तोषकुमार कार्की, चिरञ्जीवी पौडेल, राजेशकुमार मल्लिक, दामोदर खराल , नीलकण्ठ थापा, कमलप्रसाद बिडारी, कमलराज ढुंगाना र कृष्णराज पौडेल रहेका छन्।
‘राष्ट्र निर्माणको आधार ,सुरक्षित ढुवानी समृद्ध व्यापार’ भन्ने नारालाई आत्मसाथ गरेर देशभरका ढुवानी व्यवसायीहरुलाई एकीकृत गर्ने र व्यवसायीहरुको साझा समस्याहरु समाधानका साथै हकहित संरक्षण गर्ने उद्देश्यका साथ २०६५ सालमा ढुवानी व्यवसायी महासंघ नेपालको स्थापना भएको हो । अहिले महासंघमा १८ वटा स्थानीय संस्थाहरु समेत आवद्ध रहेका छन्।निर्वाचित नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ।
निर्वाचित भएसँगै अध्यक्ष नेपालले ढुवानी क्षेत्रका साझा मुद्दाहरुमा अन्य यातायात महासंघ तथा संघहरुसँंग हातेमालो गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सरकारसँगको माग र मुद्दामा पनि गम्भीर बनेर अघि बढ्ने उनको कथन थियो।
Shares
प्रतिक्रिया