चालू आर्थिक वर्षमा साढे २ अर्ब रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको छ। सरकारले निर्यातमा प्रोत्साहन गर्ने नीतिले निर्यात बढ्दै गएको हो।
८ महिनामा १ अर्ब १८ करोड रुपैयाँको सिमेन्ट बनाउन प्रयोग हुने क्लिङ्कर निर्यात भएको छ भने १ अर्ब २८ अर्वको तयारी अवस्थाको सिमेन्ट निर्यात भएको छ।
गत आर्थिक वर्षको साउन–फागुनसम्म ३९ करोड रुपैयाँको मात्रै सिमेन्ट निर्यात भएको थियो।
नेपालबाट आधा दर्जन बढी कम्पनीले भारतमा सिमेन्ट निर्यात थालेका छन्। भारतको सीमावर्ती क्षेत्रमा सिमेन्ट उद्योग नभएकाले नेपालबाट सिमेन्ट निर्यात हुने गरेको छ।
नेपालको सीमा नजिक भएका भारतीय सिमेन्ट उद्योगले नेपालको चुनढुंगाबाट उत्पादित क्लिङ्कर लगेर आफैँ सिमेन्ट उत्पादन समेत गर्दै आएका छन्।
42
Shares
प्रतिक्रिया