सेयरबजार ६.२४ अंकले घटेर २०६७.२९ विन्दुमा रोकिएको छ।
मंगलबार सूचक घटे पनि कारोबार रकम भने केही बढेको छ।
दिनभरिमा ९४ लाख बढी कित्ता बिक्री हुँदा ३ अर्ब ६३ करोड बढी रुपैयाँको सेयर कारोबार भएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज फाइनान्स, माइक्रोफाइनान्स र जीवन बीमा उपसमूह हरियो भए पनि अन्य सबै राताम्य छन्।
योसँगै बजारमा १०४ कम्पनीको सेयर बढेको, १२८ वटाको घटेको र ११ वटाको सेयर मूल्य उही कायम छ।
आज बुद्धभूमि नेपाल हाइड्रोपावर र सर्वोत्तम सिमेन्टको सेयरमा सकारात्मक सर्किट लागेको छ। टेबलमा हेर्नुहोस् बढेका र घटेका सेयर —
उच्च बढेका ५ सेयर
कम्पनी | अन्तिम मूल्य (रु) | बढेको दर (%) |
बुद्धभूमि नेपाल हाइड्रोपावर | ५५० | १० |
सर्वोत्तम सिमेन्ट | ६११.६० | १० |
धौलागिरि लघुवित्त | ११७१.३० | ९.९९ |
इन्फिनिटी लघुवित्त | ९०३ | ९.४५ |
भगवती हाइड्रोपावर | ६५७.९० | ९.२९ |
उच्च घटेका ५ सेयर
कम्पनी | अन्तिम मूल्य (रु) | घटेको दर (%) |
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ | ८ | ७.०८ |
पिपल्स हाइड्रोपावर | ३२६ | ६.९१ |
मैलुङ खोला हाइड्रोपावर | ४६६ | ४.५१ |
नेपाल हाइड्रो डेभलपर्स | ४३०.१० | ३.५७ |
कर्णाली डेभलपमेन्ट बैंक | ४०७ | ३.५३ |
सर्वाधिक कारोबार भएका ५ कम्पनी
कम्पनी | कारोबार भएको रकम (रु) |
शिवम् सिमेन्ट | २५९७२२३६७ |
सोनापुर मिनरल्स | १८८९८४६२८ |
गुर्खाज फाइनान्स | १५८६५९९७३ |
घोराही सिमेन्ट | १०१६५९९७३ |
नेपाल फाइनान्स | ९५५९७१८० |
210
Shares
प्रतिक्रिया