ad ad

कारोबार


द्रुतमार्गका ३ वटै ठेक्का चिनियाँ-नेपाली जेभीलाई, कसले कतिमा पायो?

द्रुतमार्गका ३ वटै ठेक्का चिनियाँ-नेपाली जेभीलाई, कसले कतिमा पायो?

नेपालखबर
चैत ७, २०८० बुधबार १६:४, काठमाडौँ

नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई द्रुतमार्गका दुईवटा प्याकेजका तीनवटा ठेक्काको निर्माण कम्पनी टुंगो लागेको छ। 

उच्च अदालत पाटनमा ती ठेक्काविरुद्ध परेका रिट खारेज भएपछि खुलाइएको बोलपत्रअनुसार ८ ‘क’, ९ ‘क’ र ‘ख’को निर्माणको बाटो खुलेको हो। 

बुधबार खोलिएको बोलपत्रमा कम रकम प्रस्ताव गरेका कम्पनीले ठेक्का पाएका हुन्। 

यसअनुसार ८ ‘क’मा ६ अर्ब ४४ करोड कबोल गर्ने लंगजियान–भीमेश्वर जेभीले ठेक्का पाएको छ। त्यसैगरी ९ ‘क’ प्याकेजको ठेक्का ९ अर्ब ३२ करोड कबोल गर्ने जिआङ्सी–हनुमान बानियाँले पाएको छ।

एक्ससीजीसी हनुमान बानियाँ जेभीले प्याकेज ९ कै ‘ख’को निर्माण ठेक्का पाएको छ। यसका लागि कम्पनीले ७ अर्ब ६४ करोड रुपैयाँ कबोल गरेको छ। 

यसअघि अदालतमा उजुरीपछि यी तीन प्याकेजको काम रोकिएको थियो।

गौरी पार्वती निर्माण सेवा प्रालि, इर्कोन इन्टरनेशनललगायतले अदातलमा उजुरी गरेका थिए।

गत सोमबार उच्च अदालतका न्यायाधीशद्वय मुनेन्द्र प्रसाद अवस्थी र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले गौरी पार्वती निर्माण सेवा प्रालि, इर्कोन इन्टरनेशनललगायतले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको थियो। 

यो रिटलाई उच्च अदालत पाटनले अग्राधिकार दिएको थियो। गौरी पार्वतीले पुस ५ मा, इर्कोनले माघ २१ मा रिट दायर गरेका थिए। 

उनीहरुले हाल आयोजना निर्माण गरिरहेको नेपाली सेनाको कार्यालयसहित विभिन्न सार्वजनिक निकायविरुद्ध रिट दायर गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .