सरकारले सात कोरियाली र तीन जना नेपाली पर्वतारोहीलाई जुगल हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा सरकारले यस्तो निर्णय गरिएको जनाएको छ।
कोरियाली सातजना र नेपाली जना तीनजना गरी दश जना पर्वतारोहीलाई सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल– १ (६५९१ मिटर) र जुगल– २ (६५१८ मिटर) हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने निर्णय सरकारले गरेको हो।
6
Shares
प्रतिक्रिया