अब नयाँ ऋणीको व्यवहार र कर्जा भुक्तानी क्षमताको मनोवैज्ञानिक परीक्षण हुने भएको छ।
त्यसका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले कर्जा सूचना केन्द्र लिमिटेडलाई परीक्षण गर्ने प्रणाली हस्तान्तरण गरेको हो।
राष्ट्र बैंकसँगको समझदारीमा तयार भएको प्रणालीलाई साइकोमेट्रिक स्कोरिङ सलुसन भनिएको छ।
यो प्रणालीबाट विगतमा कर्जा नलिएका र विनाधितो सानो आकारका कर्जा लिन चाहने ऋणीको मनोवैज्ञानिक परीक्षण हुनेछ।
यसको कार्यान्वयनसँगै नेपालमा वित्तीय समावेशीकरणको प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा राखिएको राष्ट्र बैंकले जनाएको छ।
306
Shares
प्रतिक्रिया