ad ad

कारोबार


माछापुच्छ्रे बैंकद्वारा विद्यालयमा ८ वटा शौचालय निर्माण

माछापुच्छ्रे बैंकद्वारा विद्यालयमा ८ वटा शौचालय निर्माण

नेपालखबर
चैत ८, २०८० बिहिबार १९:५५, काठमाडौँ

माछापुच्छ्रे बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सुदूरपश्चिम प्रदेश कैलालीको गोदावरी नगरपालिका–६, बडेहाँस्थित श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ।

बिहीबारका दिन एक औपचारिक कार्यक्रमकाबीच बैंकले निर्माण गरेका ८ वटा शौचालयहरू विद्यालय व्यवस्थापन समिति एवम् विद्यालय प्रशासनलाई हस्तान्तरण गरेको हो।

शौचालय हस्तान्तरण कार्यक्रममा बोल्दै गोदावरी नगरपालिका–६ का वडाअध्यक्ष जहरु साउदले माछापुच्छ्रे बैंक लि. ले कैलाली जिल्लाको सरकारी स्कुललाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे।

उनले माछापुच्छ्रे बैंकले जस्तै अन्य संघसंस्थाहरूले पनि स्थानीय निकायहरुसँग मिलेर अन्य यस्तै काम गर्दै गए देशका हरेक सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार हुँदै जाने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै बैंकका महाप्रबन्धक प्रसिद्धराज अर्यालले बैंकले आफ्नो विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाए पश्चात बैंकले उक्त शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा पूर्वाधार निर्माण गरेको जानकारी गराए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगराज पाठकले माछापुच्छ्रे बैंकले आफ्नो विद्यालयप्रति गरेको सामाजिक कार्यको सराहना गर्दै यस्ता सहयोगले विद्यालय संचालनका लागि उत्प्रेरणा मिल्ने बताए।

१८०० भन्दा बढि विद्यार्थी र ३५ जना शिक्षक-कर्मचारी कार्यरत श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निकै खराब रहेको हुँदा बैंकले शौचालय तथा सेफ्टी ट्याङ्की निर्माण गरेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .