काठमाडौंको दरबारमार्गमा फागुन ११ गते आर्बिटरी इभेन्टको आयोजनामा नेपालकै पहिलो र भब्य होली पून्ही फेस्टिभल हुने भएको छ। यूनेस्को तथा दरबारमार्ग विकास बोर्डको इनिसिएसनमा हुन गइरहेको यस इभेन्टलाई देशकै पहिलो इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिंकले प्रायोजन गरेको छ।
वर्ल्ड लिंकका अनुसार होलीको सन्दर्भ पारेर नेपालमा यति ठूलो इभेन्ट पहिलो पटक हुँदैछ। खानाको अनेकौं स्वाद, रंग र संगीतको सुर तथा तालमा सजिने यस इभेन्टमा एबेस थापा, डिजे बिपिएम, डिजे डिएएन, भीइके लगाएत कलाकारहरूले सांगीतिक प्रस्तुति दिँदै छन्। इडिएम संगीतका साथ रेइन डान्सको रौनकले दरबारमार्ग छाउने छ।
होलीको सांस्कृतिक पक्षको महत्व उजागर तथा सदभाव एकआपसमा फैलाउने र विदेशी पर्यटकलाई रंगहरूको पर्व होलीसँग परिचित गराउँदै मनोरन्जन दिने उदेश्यले सम्पन्न हुन गइ रहेको यस इभेन्टमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। बिहान १० बजे देखि साँझ ५ बजेसम्म हुने यस इभेन्टमा १ लाख भन्दा बढी दर्शकको उपस्थित हुने आयोजकको अनुमान छ। दर्शकको सुरक्षा तथा इभेन्टको सफल व्यवस्थापनका लागि स्वयंसेवकको चुस्त व्यवस्था समेत गरिएको छ।
प्रतिक्रिया