आइतबार होलीको सार्वजनिक विदापछि सोमबार खुलेको सेयरबजारमा गिरावट आएको छ।
बजार परिसूचक नेप्से १७.०१ अंकले घटेर २०३१.५५ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
११ देखि दिउँसो ३ बजेसम्म बजारमा ७० लाख ६१ हजार १२ कित्ता सेयर बिक्री हुँदा २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ।
योसँगै बजारमा ३७ वटा कम्पनीको सेयर मूल्यमा बढोत्तरी देखिए पनि २०४ वटाको घटेको र तीनवटाको अघिल्लो कारोबार मूल्यमै किनबेच भएको छ।
आजको बजारमा अधिकतम १० प्रतिशतसम्मले बढेको र अधिकतम सोही दरले कम्पनीहरुको सेयर मूल्य घटेको छ। दिनभरिमा अधिकतम २८ करोड ९० लाखसम्मको सेयर कारोबार भएको छ।
आज कुनै एक कम्पनीको अधिकतम ३ लाख ४३ हजार ४ सय ८५ कित्तासम्म कारोबार भएको छ। पटकका हिसाबले कुनै एक कम्पनीको आज अधिकतम १ हजार ९ सय ४ पटकसम्म कारोबार भएको छ।
सोमबार होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड उपसमूहको मात्रै सूचक हरियो छ। अन्य समूह राताम्य छन्।
टेबलमा हेर्नुहोस् धेरै सेयर मूल्य बढेका र घटेका कम्पनीको अवस्था :
धेरै बढेका ५ सेयर
कम्पनी | अन्तिम मूल्य (रु) | बढेको दर (%) |
बोटलर्स नेपाल बालाजु | १८२७६.५० | १० |
सर्वोत्तम सिमेन्ट | ८१३.८० | ९.९९ |
तारागाउँ रिजेन्सी होटल | ८३३ | ८.०४ |
सीवाईसी नेपाल लघुवित्त | १४५० | ७.४२ |
हिमालयन हाइड्रोपावर लिमिटेड | ३५५ | ६.२९ |
धेरै घटेका ५ सेयर
कम्पनी | अन्तिम मूल्य (रु) | घटेको दर (%) |
किसान लघुवित्त | ९१८ | -१० |
बुद्धभूमि नेपाल हाइड्रो | ४९० | -९.९९ |
आत्मनिर्भर लघुवित्त | १९४१.२० | -८.८२ |
गुराँस लघुवित्त | १३२५ | -७.०१ |
युनिक नेपाल लघुवित्त | १५०० | -६.२५ |
धेरै कारोबार भएका ५ कम्पनी
कम्पनी | कारोबार भएको रकम (रु) |
गुर्खाज फाइनान्स | २८९०२५८५६ |
शिवम् सिमेन्ट | १३७८७६१६२ |
सोनापुर मिनरल्स | ८१३२३८४४ |
हिमालयन रि इन्स्योरेन्स | ६२९००९८१ |
घोराही सिमेन्ट | ५८६६४०७३ |
Shares
प्रतिक्रिया