नेपाल वायुसेवा निगमको जहाजमा प्राविधिक समस्या देखिएपछि दोहा उडेको जहाज काठमाडौं फर्किएको छ।
जहाजमा हाइड्रोलिक समस्या देखिएपछि उडेको जहाज त्रिभुवन विमानस्थलमै अवतरण गरेको हो।
वायुसेवा निगमका अनुसार उडेको केही समयमै प्राविधिक समस्या देखिएपछि जहाज सकुशल अवतरण गरेको थियो।
‘दोहा उडेको जहाजमा हाइड्रोलिक समस्या देखिएपछि काठमाडौंमै अवतरण गरायो’, निगमका प्रवक्ता रमेश पौडेलले भने, ‘राति नै अर्को जहाजबाटै यात्रु दोहा उडेका छन्।’
हाइड्रोलिक समस्या देखिएको जहाज मर्मत भैसकेको छ। पुनः उडान गर्ने तयारी गरेको निगमले जनाएको छ।
630
Shares
प्रतिक्रिया