समस्याग्रस्त घोषणा भएको शेयरमार्केट्स एन्ड फाइनान्स कम्पनीको नेतृत्वको लागि नेपाल राष्ट्र बैंकले छनौट प्रक्रिया अघि बढाएको छ।
राष्ट्र बैंकले हस्तक्षेप गरिसकेको ग वर्गको संस्थाको लागि संयोजक पदमा राष्ट्र बैंकले प्रतिस्पर्धाबाट नेतृत्व छनौट गर्दै छ।
राष्ट्र बैंकले गरेको आवेदनमा प्रकाश घिमिरे, तारानाथ पाण्डे, पिताम्बर सापकोटा, रोशनकुमार अधिकारी र गोविन्द प्रसाद शर्माको आवेदन परेको छ।
घिमिरे र पाण्डेलाई कार्ययोजनाको प्रस्तुतिको लागि आगामी बुधबार बोलाएको छ। त्यस्तै सापकोटा, अधिकारीलाई बिहीबार र शर्मालाई शुक्रबार कार्ययोजनाको प्रस्तुतिको लागि राष्ट्र बैंकले बोलाएको हो।
63
Shares
प्रतिक्रिया