नबिल बैंकका अध्यक्ष तथा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका समेत प्रमुख रहेका उपेन्द्र पौड्याललाई मातृशोक परेको छ।
पौड्यालकी आमा सोमना पौडेलको आज निधन भएको हो।
८१ वर्षको उमेरमा आज निधन भएको पारिवारिक स्रोतले जानाकारी दिएको छ।
लामो समयदेखि श्वासप्रश्वास समस्या रहेको उनको चावहिलको मेडिकेयर अस्पतालमा उपचारको भइरहेको थियो।
सोमनाको उपचारको क्रममा अस्पतालमा नै निधन भएको छ। तीन छोरा र दुई छोरी रहेका छन्।
प्रतिक्रिया