सर्वोत्तम सिमेन्टले आर्थिक वर्ष २०७९।८० को लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीले कूल ६९ करोड ७५ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको सञ्चालक समितिको बैठक आज (मंगलबार) बसेको थियो। बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ।
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रहेको छ।
कम्पनीले वैशाख १२ गते रुपन्देहीमा साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
78
Shares
प्रतिक्रिया