नेपाल राष्ट्र बैंकले २०७४ सालको निरीक्षण तथा सुपरिवेक्ष्ण विनियमावली संशोधन गरेको छ।
संशोधित व्यवस्थाले नीति निर्देशन कार्यान्वयन समितिको अध्यक्षता गर्ने डेपुटि गर्भनरको विषयमा स्पष्ट पारको हो।
डेपुटी गभर्नर नतोकिएको अबस्थामा वरिष्ठतम डेपुटी गभर्नरले सुपरिवेक्ष्ण समितिको अध्यक्षता स्पष्ट विनियमावलीमा उल्लेख गरिएको हो।
विनियमावलीमा तोकिएको डेपुटी गर्भनले नै समितिको अधयक्षता गर्ने विषय उल्लेख गरिएको थियो। तर फागुन १० गते नेपाल सुपरिवेक्ष्ण विभाग हेर्ने निलम ढुंगानालाई अनुसन्धान विभागको जिम्बेवारी दिएर सुपरिवेक्षण विभाग गर्भनर महाप्रसाद अधिकारीले नै राखेका थिए।
त्यसपछि सुपरिवेक्ष्ण नीति निर्देशन कार्यान्वनय समतिकिो अध्यक्षता गर्ने विषय अन्योल बनेको थियो। जसलाई स्पष्ट पार्न विनियमावली संशोधन भएको छ।
संशाधित विनियमावलीमा भनिएको छ,‘सुपरिवेक्षण विभाग हेर्ने डेपुटी गभर्नर नतोकिएको अवस्थामा वरिष्ठतम डेपुटी गभर्नरले समितिको अध्यक्षता गर्नेछन् ।’
Shares
प्रतिक्रिया