लगानी बोर्डले हुवासिन सिमेन्टको ६ अर्ब ६३ करोड रुपैयाँ लगानी थप गर्न स्वीकृति प्रदान गरेको छ।
बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बसेको बैठकले धादिङमा रहेको हुवासिनको लगानी थप गर्न स्वीकृति दिएको हो।
चिनियाँ कम्पनी हुवासिन सिमेन्ट को. लिमिटेडले लगानी बढाउनलागेको हो।
यसअघि १४ अर्ब लगानीमा कम्पनी स्थापना भएको थियो। हुवासिन क्लिङ्करमा आधारित कम्पनी हो। यसको हाल दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट तथा क्लिङकर उत्पादन क्षमता रहेकाे छ।
नेपाली व्यावसायिक साझेदार वैद्य अर्गनाइजेसनका अध्यक्ष सुरज वैद्य रहेका छन्।
111
Shares
प्रतिक्रिया