ad ad

कारोबार


उच्च र जिल्ला अदालतमा टेलिकमले दूरसञ्चार सेवा उपलब्ध गराउने

उच्च र जिल्ला अदालतमा टेलिकमले दूरसञ्चार सेवा उपलब्ध गराउने

नेपालखबर
चैत २२, २०८० बिहिबार १३:५२, काठमाडौँ

नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा विविध दूरसञ्चार सेवाहरु उपलब्ध गराउने भएको छ। 

नेपाल टेलिकम र सर्वोच्च अदालतबीच बुधबार यससम्बन्धी सम्झौता भएको हो। 

सो सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्धनिर्देशक संगीता पहाडी (अर्याल) र सर्वोच्च अदालतको तर्फबाट सह-रजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार नेपाल टेलिकमले सम्झौतापत्रमा तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरुमा डेडिकेटेड इन्टरनेट र डेडिकेटेड इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा तथा एसएमएस अलर्ट सर्भिस र पुल एसएमएस सर्भिस (सर्ट कोड) उपलब्ध गराउनेछ। 

हाल यो सेवा सम्पूर्ण उच्च अदालतहरु तथा उच्च अदालत अन्तर्गतका इजलासहरु र विभिन्न जिल्ला अदालतहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .