इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ‘नयाँ सोचौं, नयाँ रोजौं’ उपहार योजना लिएर आएको छ।
कम्पनीका अनुसार यस उपहार योजना अन्तर्गत सीजीएसडीएकोे नवीनतम प्रविधि एवम् गुणस्तर युक्त घरायसी सामग्रीहरू खरिद गरि ग्राहकहरूले लक्की ड्र मार्फत हरेक हप्ता सीजी एसडीएका उत्कृष्ट उत्पादनहरू जित्न सक्नेछन्।
यस्तै बम्परमा दुई भाग्यमानी जोडीले थाइल्यान्ड र मेघौली सेराई घुम्न जान पाउने अवसर प्राप्त गर्न सक्नेछन्।
आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामान सँगै नेपालको आफ्नै ब्राण्ड सीजी एसडीएको विश्वास पाई ग्राहक ढुक्क भई यस नयाँ वर्षमा एक नयाँ सुरुवात गर्दै उत्सव मनाउन सक्ने कम्पनीको भनाई छ।
यो योजनामा सहभागी हुन ग्राहकहरूले विज्ञापनमा दिइएको क्यूआर कोडमा स्क्यान गरि आफ्नो विवरणहरु भर्नु पर्नेछ।
यो योजना चैत २३, २०८० देखि नेपालभर सिमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ।
Shares
प्रतिक्रिया