नेपाल रत्न तथा आभूषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ता संघबाट निष्कासित भएका छन्।
संघले शुक्रबार विज्ञप्ति जारी गर्दै गुप्तालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जानकारी दिएको छ।
गुप्ताले शृंखलाबद्ध रूपमा संघको प्रतिष्ठामा आँच पुर्याउने कार्य गरेको संघको आरोप छ। उनीमाथि संघका संस्थापक तथा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका निवर्तमान अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष तथा आभूषण संघकी निवर्तमान अध्यक्षलगायत व्यक्तिहरूको चरित्रहत्या गरेको आरोप संघले लगाएको छ।
'निजलाई आफ्ना कुरा स्पष्ट राख्न, स्पष्टीकरण पेस गर्न पत्राचार गरिएकोमा लिखित स्पष्टीकरणमा सोधिएका विषयवस्तुमा केन्द्रित नरही सतही र हचुवा जवाफ दिएको ठहर कार्यसमितिले ठहर गरेको छ। त्यही कारण विधान बमोजिम उनलाई कारबाही गर्ने पर्ने बाध्यात्मक परिस्थिति आएको भएको छ', संघले भनेको छ।
संघले गुप्ताले प्रतिनिधित्व गर्दै आएको रिद्धिसिद्धि ज्वेलर्स प्रालि, श्री रिद्धिसिद्धि ज्वेलरी हाउस, भीब्लु हर्स ज्वेलर्स प्रालि, विशालबजार र चुच्चेपाटीको कारोबारमा जवाफदेही नरहनेसमेत जनाएको छ।
Shares
प्रतिक्रिया