नयाँ वर्ष २०८१ को सुरुवातसँगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि मिसन ८१ योजना ल्याएको छ।
योजनामा सहभागी ग्राहकहरुले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै लक्की ड्रमार्फत १ महिनादेखि १२ महिनासम्म थप बोनस प्राप्त गर्न सक्नेछन्।
डिशहोम मिसन ८१ म डिशहोमका ग्राहकहरुले मात्र ३ हजार रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् ।
यस्तै बेसिक प्लसको ३ हजार ५०० र प्रिमियम लाइफस्टाइलको ४ हजारमा डिशहोमको वार्षिक रिचार्ज गर्न सकिनेछ। ग्राहकहरुले नजिकैको डिलरदाइकहाँ गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत रिचार्ज गर्न सक्नेछन्।
नेपालभरका डिशहोमका डिलर, सबडिलर तथ विक्रेताहरुमार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सकिन्छ।
75
Shares
प्रतिक्रिया