प्रभु हेलिकप्टर लिमिटेडका एक जना पाइलट निलम्बनमा परेका छन्।
नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार उनलाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको छ।
ककपिटमा उडानका दौडान उनले असह्य र अनधिकृत गतिविधि गरेकाले उनलाई कारबाही गरिएको क्यानले जनाएको छ।
स्रोतका अनुसार कारबाहीमा पर्ने पाइलट पासाङ शेर्पा रहेका छन्। उनले यात्रुलाई ककपिटमा अनावश्यक गतिविधि गर्न दिएका थिए।
घटनाबारे क्यानले अनुसन्धान गरिरहेको जनाएको छ।
192
Shares
प्रतिक्रिया