नेपाली धावक गोपीचन्द्र पार्कीले लन्डन म्याराथनमा दौड पूरा गरेका छन्।
गोपीले निर्धारित दूरी २ घण्टा २२ मिनेट ३१ सेकेण्डमा पार गर्दै दौड पूरा गरेका हुन्।
गत मंसिरमा भएको नेपालगन्ज म्याराथन विजेता बनेसँगै गोपीले लन्डन म्याराथनमा भाग लिने मौका पाएका थिए।
विश्वका शीर्ष ६ म्याराथनमध्येको एक लन्डन म्याराथनमा नेपालगन्ज म्याराथन र नेपाल रन युकेको सहकार्यमा गोपीले दौडने मौका पाएका थिए।
गोपीले यसअघि बर्लिन म्याराथनमा पनि भाग लिएका थिए।
384
Shares
प्रतिक्रिया