सरकारले आगामी लगानी सम्मेलनका लागि अध्यादेश ल्याउने भएको छ।
यसका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।
लगानी सम्मेलन यही वैशाख १६ र १७ गते काठमाडौंमा हुँदै छ। लगानीको वातावरण बनाई विदेशी लगानीकर्तालाई आकर्षित गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो।
वैशाख २ गते रातिबाट हिउँदे अधिवेशन अन्त्य भएको थियो। वर्षे अधिवेशनअघि नै सरकारले अध्यादेशमार्फत लगानीसम्बन्धी केही कानुन संशोधन गर्नलागेको हो।
चार निर्णय के-के?
१. लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष पेश गर्ने ।
२. विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने ।
३. कतारका अमिरले भोलि वैशाख ११ गतेदेखि गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा वैशाख ११ गते सार्वजनिक विदा दिने ।
४. अर्थसचिवमा मधुकुमार मरासिनीलाई र अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने ।
Shares
प्रतिक्रिया