नेपाल प्रहरीको टोलीले ललितपुरको महालक्ष्मी नगरपालिकास्थित टीकाथलीमा इनारमा खसेका एक व्यक्तिको सकुशल उद्धार गरेको छ।
गएराति ११ बजे सडकमा हिँड्दै गर्दा ४३ वर्षका रामेश्वर बोगटी सडक र घरको बीचमा रहेको इनारमा खसेका थिए।
१० फिट गहिरो इनारमा खसेका उनलाई प्रहरी चौकी टीकाथली, प्रहरी प्रभाग इमाडोल र प्रहरी परिसर जाउलाखेलको टोली उद्धार गरेको हो।
प्रहरी नायब उपरीक्षक सुधिर राईको कमान्डमा खटिएको प्रहरीले उद्धार गरेर उनलाई इमाडोलमा रहेको किस्ट अस्पतालमा पठाएको थियो।
93
Shares
प्रतिक्रिया