वैशाख १६ र १७ (आइतबार र सोमबार) हुने लगानी सम्मेलनमा एक हजारभन्दा बढी विदेशी सहभागी हुने भएका छन्। दुई दिने सम्मेलनमा विभिन्न प्यानलमा समेत छलफल हुँदैछ।
लगानी बोर्डले जनाए अनुसार, सम्मेलनमा १ सय १३ जना वक्ता रहेका छन्।
विभिन्न दातृ निकायका व्यक्ति, लगानीकर्ता, कुटनीतिक व्यक्तित्व र विज्ञहरू वक्ताको रुपमा सम्मेलनमा सहभागी हुने बोर्डले जनाएको छ।
जसमा कोकाकोला कम्पनीको साउथ एसिया उपाध्यक्ष देवयानी राज्य लक्ष्मी राणादेखि जियाद एलेक्स जान्द्रे हायकसम्म छन्।
आइतबारदेखि काठमाडौँमा दुई दिने अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुँदैछ। विदेशी लगानीकर्ता आकर्षित गर्न आइतबारदेखि सो सम्मेलन हुन लागेको हो।
करिब ७ महिनाको तयारीमा नेपालमा हुन लागेको यो तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हो।
57
Shares
प्रतिक्रिया