टी–२० सिरिज अन्तर्गत वेस्ट इण्डिजविरुद्धको खेलमा नेपालले रोमाञ्चक जित हात पारेको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि ग्राउन्डमा भएको खेलमा नेपालले जितका लागि २ सय ५ रनको विशाल लक्ष्य पाएको थियो।
उक्त लक्ष्य नेपालले कप्तान रोहित पौडेलको शतकमा नेपालले २ बल अगावै पूरा गर्यो।
त्रिवि मैदानमा खेल हेर्न घरेलु समर्थकको खचाखच थियो। नेपालका लागि कप्तान पौडेलले सर्वाधिक १ सय १२ रनको योगदान दिए।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेष्ट इण्डिज ए टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रनको योगफल तयार पारेको थियो।
तस्बिरहरूः
111
Shares
प्रतिक्रिया