नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपाल रणनीतिक क्षेत्रमा रहेकाले लगानीको संभावना रहेको बताएका छन्।
लगानी सम्मेलनमा संबोधन गर्दे अध्यक्ष ढकालले चीन र भारतकोबीच रहेकाले नेपालमा लगानीगरी निर्यात गर्न सक्ने बताएका हुन्।
भारत र चीनबाट धेरै पर्यटक आउने गरेको सुनाए। पर्यटकीय क्षेत्रमा लगानीको ठुलो संभावना रहेको पनि उनले बताए।
सूचना प्रविधिको क्षेत्रमा, सुचना प्रविधिसम्बन्धी संस्थामा लगानी गर्न सकिने उनको भनाइ थियो।
‘नेपालमा दक्ष जनशक्तिको अभाव रहेकाले आइसीटी र सिप सिकाउने संस्थामा लगानी गर्न सकिन्छ,’ ढकालले भने, ‘वैदैशिक लगानीकर्तालाई महासंघले सहजिकरण गर्छ।’
12
Shares
प्रतिक्रिया