नेपाली बजारमा सुनको मूल्य आज तोलामा आठ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३६ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ३५ हजार छ सय निर्धारण भएको छ।
त्यसैगरी तेजाबी सुन बुधबार तोलामा रु एक लाख ३५ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको महासंघले जनाएको छ।
चाँदीको मूल्य भने आज तोलामा रु १० ले वृद्धि भएको छ। बुधबार तोलामा रु एक हजार छ सय ७५ मा कारोबार भएकामा चाँदी आज रु एक हजार छ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ।
861
Shares
प्रतिक्रिया