नेपाल टेलिकमले बिहीबारसम्मको नवीकरण बक्यौताबापत २० अर्ब रुपैयाँ भुक्तानी गरेको छ।
टेलिकमका प्रवक्ता हरि ढकालले आजसम्मको बक्यौता नेपाल दूरसञ्चार प्राधिकरणलाई भुक्तानी चुक्ता गरेको जानकारी दिए।
टेलिकमले २०७६ यताको नवीकरण शुल्क भुक्तानी गरेको थिएन। आज तिरेसँगै ५ वर्षे नवीकरणबापतको शुल्क चुक्ता भएको छ।
यसैबीच, शुक्रबारदेखि नेपाल टेलिकमको २५ वर्षे लाइसेन्स अवधि सकिँदै छ। कानुनी रुपमा स्पष्ट नभएकाले १ वर्षको लागि लाइसेन्स थप गर्न सञ्चार मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको छ।
ढकालका अनुसार अब मन्त्रिपरिषद्को निर्णयअनुसार नै हुनेछ।
2.5k
Shares
प्रतिक्रिया