चैत मसान्तसम्म सरकारको भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा देखिएको छ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७४ अर्ब २८ करोडले बचतमा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३२ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ७५ करोडले बचतमा रहेको छ।
९ महिना अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा चालुखाता ६० अर्ब ४३ करोडले घाटामा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४६ करोड ८३ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ३५ करोडले बचतमा रहेको छ।
24
Shares
प्रतिक्रिया