ad ad

कारोबार


प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १५:४८, काठमाडौँ

प्रभु इन्स्योरेन्स्को अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन्।

प्रभु इन्स्योरेन्सको २८ औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो।

निर्जिवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका मल्ल प्रभु इन्स्योरेन्सको अध्यक्ष चयन भएका हुन्।

इन्स्योरेन्सको सदस्यहरूमा सञ्चालकहरूको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्ता गौतम चयन भएका छन्। यस्तै सर्वसाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङगे लामा चयन भएका छन्।

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका मल्ल निर्जिवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन्। उनले अन्य विभिन्न व्यवसायीक संघ, संस्था तथा कम्पनीको नेतृत्व गरिरहेका छन्।

प्रभु इन्स्योरेन्सको व्यवसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने अध्यक्ष मल्लले बताए। निर्जिवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवं व्यवसायिक हितका लागि आफूले पहल गर्ने अध्यक्ष मल्लको भनाई छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .