ad ad

कारोबार


नीति तथा कार्यक्रम आउने दिन बढ्यो नेप्से, कारोबार पनि ४ अर्ब नाघ्यो

नीति तथा कार्यक्रम आउने दिन बढ्यो नेप्से, कारोबार पनि ४ अर्ब नाघ्यो

नेपालखबर
जेठ १, २०८१ मंगलबार १५:११, काठमाडौँ

सरकारले आगामी आवको नीति तथा कार्यक्रम घोषणा गर्ने दिन आज सेयरबजार २८ अंकले बढेको छ। 

मंगलबार २८.६२ अंकले बढेको नेप्सेले २ हजार विन्दु पार गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

योसँगै आज कारोबार रकमले पनि ४ अर्ब पार गरेको छ। बजारमा कारोबार भएकामध्ये २१९ वटा कम्पनीको सेयर बढ्दा २२ वटाको मात्रै घटेको र ३ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। 

बजारमा आज ९८ लाख ५५ हजार कित्ता सेयर बिक्री भएको छ। जुन ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार रुपैयाँबराबरको कारोबार हो। 

आज बजार कारोबार सुरु भएयता नै निरन्तर बढेको थियो। न्यूनतम विन्दु २ हजार र अधिकतम विन्दु २०२७.५१ रह्यो। 

७ वटाको कारोबार ९ प्रतिशत माथि 
आजको कारोबारमा ७ कम्पनीको सेयर उच्च दरले बढेको छ। तीनवटाको १० प्रतिशतले बढ्दा बाँकी चारवटाको ९ प्रतिशत माथि छ।

समाज लघुवित्त, उपकार लघुवित्त, युनिक नेपाल लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, मानुषी लघुवित्त, रुरु जलविद्युत् परियोजनाको सेयर ९ प्रतिशतभन्दा धेरैले बढ्दा लगानीकर्ताले कमाएका छन्। 

आज आम्दानीमा गिरावट व्यहोरेका लगानीकर्ताले ४.६४ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी गरेका छन्। 

त्यस्तै सर्वाधिक कारोबारमा आज सीईडीबी हाइड्रोपावरको १५ करोड ८१ लाखको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .