सरकारले आयातित कृषि र खाद्यान्नमा विषादी परीक्षणको दायरा फराकिलो बनाउने भएको छ।
बजारमा स्वच्छ खाद्यवस्तुको उपलब्ध गराउन विदेशबाट आयात हुने वस्तुमा विषादी परीक्षण गर्ने भएको हो।
सरकारले किसान परिचयपत्र दिँदै विभिन्न सहुलियत दिने भएको छ। रैथाने बालीको व्यवसायीकरण गर्ने भएको छ।
५ वर्षभित्र फलफूलमा आत्मनिर्भर हुने सरकारले नीति अघि सारेको छ। २ वर्षमा पशुपन्छी र माछाजन्य वस्तुमा आत्मनिर्भर हुने उल्लेख छ।
प्रत्येक प्रदेशमा १ हजार गाईवस्तु पालन गर्ने पूर्वाधार बनाइनेछ। पशु अस्पताल बनाउन प्राथमिकता दिइनेछ। २ वर्षमा खोरेत लगायतका रोग उन्मूलन गर्ने भएको छ।
33
Shares
प्रतिक्रिया