ad ad

कारोबार


सरकारले अब सुरुङमार्ग, द्रुतमार्ग र फ्लाइओभर बनाउने

सरकारले अब सुरुङमार्ग, द्रुतमार्ग र फ्लाइओभर बनाउने

नेपालखबर
जेठ १, २०८१ मंगलबार १७:२७, काठमाडौँ

यातायात खर्च न्यून गर्न र ट्राफिक चाप घटाउन आधुनिक पूर्वाधार निर्माण गर्ने भएको छ।

आगामी वर्षको नीति तथा कार्यक्रममा सुरुङमार्ग, द्रुतमार्ग, फ्लाइओभर, अण्डरपास र ओभरपासजस्ता आधुनिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने उल्लेख गरेको हो। 

त्यस्तै, काठमाडौं–तराई द्रुतमार्ग सडक निर्माण २०८३ भित्र सम्पन्‍न गरिनेछ। 

आगामी आर्थिक वर्षभित्र नागढुङ्‍गा सुरुङमार्ग र ग्वार्को ओभरपास सञ्‍चालनमा ल्याउने उल्लेख गरेको छ। 

 काठमाडौंको चक्रपथ विस्तार गर्दा अत्यधिक सवारी चाप भएका सडकखण्डमा अण्डरपास र ओभरपास निर्माण  गरिने भएको छ। 

कोसी, कालीगण्डकी र कर्णाली करिडोरको अधिकांश खण्डमा बाह्रै महिना यातायात सञ्‍चालन हुने गरी निर्माण कार्यलाई तीव्रता दिइनेछ। 

 रणनीतिक महत्त्वका सेती लोकमार्ग तथा महाकाली करिडोरका ट्र्याक तथा संरचना निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ। 

तमोर कोरिडोर, भेरी कोरिडोर, सालझण्डी–ढोरपाटन सडक, सहिद मार्ग तथा कान्ति राजमार्गको निर्माण र स्तरोन्‍नति कार्यलाई निरन्तरता दिइनेछ। 

गल्छी–रसुवागढी सडक स्तरोन्‍नति कार्यलाई तीव्रता दिइनेछ। नागढुङ्‍गा–नौबिसे–मुग्लिङ सडक खण्डलाई डेडिकेटेड दुई लेनमा र मुग्लिङ–पोखरा सडक खण्डलाई चार लेनमा स्तरोन्‍नति गर्ने कार्यलाई निरन्तरता दिइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .