प्रवासमा रहेका नेपालीहरुलाई मताधिकारको प्रबन्ध मिलाउन सरकारले पहल थालेको छ।
नेपालबाट विश्वका विभिन्न मुलुक पुगेका नेपालीलाई मतदान प्रक्रियामा सहभागी गराउन सर्वाेच्च अदालतले समेत परमादेश दिइसकेको छ।
सोहीअनुसार सरकारले आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रममा सो विषय समावेश गरेको छ।
मंगलबार (जेठ १) मा राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘प्रवासमा बस्ने नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी एवम् व्यवस्थापकीय प्रबन्ध मिलाइनेछ।’
विदेशमा भएका नेपालीको यकीन तथ्यांक भने सरकारले सार्वजनिक गरेको छैन।
51
Shares
प्रतिक्रिया