ad ad

कारोबार


किङ्लोङको नयाँ शो रुम पानीपोखरीमा

किङ्लोङको नयाँ शो रुम पानीपोखरीमा

नेपालखबर
जेठ १, २०८१ मंगलबार २१:१०, काठमाडौँ

इलेक्ट्रिक कमर्सियल भेहिकल, किङ्गलोङको नयाँ शो रुम काठमाडौँको पानीपोखरीमा उद्घाटन गरिएको छ।

१४, १६ र १९ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकल किङगलोङको अधिकारिक बिक्रेता सिजि मोटर्सले ग्राहकहरुको सहजताको लागि नयाँ शो रुम सञ्चालनमा ल्याएको जनाएको छ।

किङगलोङ्गका चेयरम्यान ल्यीउ झिजुन द्वारा नयाँ शोरुमको औपचारिक उद्घाटन गरे।

किङगलोङ्गको पानीपोखरी स्थित नयाँ शोरुमबाट किङ्गलोङ्ग १४ सिटर माइक्रो भ्यान, १५ सिटर मिनीभ्यान, १६ सिटर मिनीभ्यान र १९ सिटर मिनीभ्यान गरी चारवटा भेरियन्टमा उपलब्ध छ।

कम्पनीका अनुसार सबै भेरियन्टहरुमा उत्कृष्ट काल्ट बेट्री टेक्नोलोजीको प्रयोग भएको छ जसले गर्दा एक फुल चार्जमा ३०० किलोमिटरको रेञ्ज प्रदान गर्दछ। किङ्गलोङ्ग इलेक्ट्रिक कमर्सियल भेहिकलहरु मा प्रयोग भएको मोटरले उत्कृष्ट ३१० एन.एम. को टर्क जेनेरेट गर्दछ।

किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ५०‍‍‍‌‍.२३ किलोमिटर प्रतिघण्टाको ब्याट्री पाउन सकिन्छ। यसका साथै उक्त गाडीमा ए.बि.एस. | इ.बि.डि. | १८० एम.एम. | ग्राउण्ड क्लेरेन्स | १५ इन्चको टाएर | रिभर्स क्यामेरा | रिभर्स क्यामेरा विथ सेन्सर | ए.सि. जस्ता विशेषताहरु पाउन सकिन्छ भने उक्त गाडीलाई २० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न मात्र ४५ मिनेट लाग्दछ।

किङ्गलोङ्ग १६ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ५३‍.५८ किलोवाट प्रतिघण्टाको ब्याट्री प्रयोग गरिएको छ। उक्त गाडीमा १५ इन्चको टाएर पाउन सकिन्छ भने यो गाडीमा पनि ए.बि.एस., सेन्ट्रल लकिङ्ग, ए.सि., रिभर्स क्यामेरा, रिभर्स पार्किङ्ग सेन्सर विथ बजर, ए.भि.ए.एस. जस्ता विशेषताहरू पाउन सकिन्छ।

किङ्गलोङ्ग १९ सिटर इलेक्ट्रिक भ्यान लक्जरी सेग्मेन्ट अन्तर्गत पर्दछ र यसमा ७७.२८ किलोमिटरको ब्याट्री समावेश गरिएको छ। यस गाडीमा २२० एम.एम. को उत्कृष्ट ग्राउण्ड क्लेरेन्स पाउन सकिन्छ भने यसका साथै १६ इन्चको टाएर, ए.बि.एस., रिभर्स क्यामेरा, रिभर्स पार्किङ्ग सेन्सर, ए.भि.ए.एस., सेन्ट्रल लकिङ्ग, ए.सि., एल.इ.डि. डि.आर.एल. विथ प्रोजेक्टर हेड ल्याम्प जस्ता विशेषताहरू पाउन सकिन्छ।

किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलमा ब्याट्री र मोटरमा २,००,००० किलोमिटर वा  ५ वर्षको वारेन्टी पाउन सकिन्छ भने १६ सिटर र १९ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकलहरुमा ४,००,००० किलोमिटर वा ७ वर्षको ब्याट्री वारेन्टि पाउन सकिन्छ।

ग्राहकहरूको माग अनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ। साथसाथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिनेछ। नेपालभर १२० भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुविधा बिक्री वितरण हुनेछ।

थप जानकारीका लागि ९८०२३७५६७३ मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .