ad ad

कारोबार


जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १६:५२, काठमाडौँ

बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु  दुई अर्ब १८ करोड ४० प्रदान गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, बेलायतको सहयोग नियोग (युके एड) र नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयले संयुक्त रुपमा आज जारी गरेको विज्ञप्तिअनुसार भूकम्प प्रभावित क्षेत्रका ५० हजार मानिसलाई स्वच्छ पेयजल, सरसफाइ, पोषण, खाद्य सुरक्षालगायत आवश्यकता सम्बोधन गर्न उक्त रकम प्रदान गरिएको हो।

बहुसाझेदार कोषमार्फत प्राप्त उक्त सहायता राष्ट्रसङ्घीय कार्यालयका आवासीय संयोजक एवं मानवीय समन्वयकर्ता हाना सिङ्गर हाम्दी नेतृत्वको टोलीले परिचालन गर्नेछ।

गत कात्तिक १७ गते राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको कम्पन हुँदा एक सय ५७ जनाको ज्यान गएको थियो। भूकम्पलगत्तै बेलायत सरकारले रु आठ करोड ४० प्रदान गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .