सिटिजन इन्भेस्टमेन्ट ट्रस्टबाट एनआईसी एसिया बैंकले लगानी फिर्ता लिने भएको छ।
बैंकको स्वामित्वमा रहेको ट्रस्टको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
आइतबार सार्वजनिक सूचना जारी गर्दै बैंकले प्रतिकित्ता ७ सय ५८ रुपैयाँका दरमा इच्छुक लगानीकर्ताले आवेदन दिनसक्ने उल्लेख गरिएको छ।
सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले जेठ २० गतेसम्म सेयर बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलमा आवेदन दिनुपर्नेछ।
240
Shares
प्रतिक्रिया