आजदेखि काठमाडौँका केही ठाउँमा पाँच दिनसम्म दैनिक चार घण्टाका दरले विद्युत् आपूर्ति बन्द हुने भएको छ।
आजदेखि जेठ १८ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द गर्न लागिएको विद्युत् प्राधिकरणले जनाएको छ।
विद्युत् प्राधिकरणका अनुसार विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो।
साँखु, चौमती, केएमसी, कालीमाटी, किर्तिपुर रोपवे र मुलपानी फिडरबाट आपूर्ति हुने विद्युत् लाइन आजदेखि जेठ १८ गतेसम्म अवरुद्ध हुनेछ।
81
Shares
प्रतिक्रिया