ad ad

कारोबार


३६ अर्बले घट्यो वैदेशिक सहयोग प्रतिबद्धता

३६ अर्बले घट्यो वैदेशिक सहयोग प्रतिबद्धता

नेपालखबर
जेठ १३, २०८१ आइतबार १५:४५, काठमाडौँ

पछिल्ला वर्षमा अनुदानको तुलनामा ऋणको अंश उच्च हिसाबले बढेको छ।

चालू आर्थिक वर्षको फागुनसम्म अनुदान ४० अर्ब ४९ करोड र ऋण  ६२ अर्ब ९४ करोड प्रतिबद्धता आएको हो। 

चालू आर्थिक वर्षको ८ महिनामा १ खर्ब १ अर्ब १९ करोड वैदेशिक सहयोग प्रतिबद्धता आएको छ। 

यस अवधिको वैदेशिक सहयोग प्रतिबद्धतामध्ये अनुदान र ऋणको अनुपात क्रमशः ४०.० प्रतिशत र ६०.० प्रतिशत रहेको आर्थिक सर्वेक्षणले देखाएको छ। 

 गत आर्थिक वर्षको फागुनसम्म  १ खर्ब ३७ अर्ब १२ करोड वैदेशिक सहयोग प्रतिबद्धता रहेको थियो।

तर अन्तर्राष्ट्रिय विकास सहायता उपयोग वृद्धि भएको छ। 

फागुनसम्म अनुदान र ऋण गरी  ६२ अर्ब ९७ करोड अन्तर्राष्ट्रिय विकास सहायता उपयोग भएको छ । यसमध्ये अनुदान र ऋणको अंश क्रमशः १३.१ प्रतिशत र ८६.९ प्रतिशत रहेको छ।

गत आर्थिक वर्षको फागुनसम्म यस्तो उपयोग  ५३ अर्ब ४४ करोड रहेको थियो। यसमध्ये अनुदान र ऋणको अंश क्रमशः १९.३४ प्रतिशत र ८०.६६ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा अनुदान र ऋण गरी  १ खर्ब ३९ अर्ब ५७ करोड विकास सहायता उपयोग भएको थियो।

 यस अवधिमा कुल विकास सहायता उपयोगमा अनुदान र ऋणको अनुपात क्रमशः १६.७ प्रतिशत र ८३.३ प्रतिशत रहेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .